पारस खड्का: जुन तह पढ्दै त्यसैकाे ब्राण्ड एम्बेस्डर

काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई नयाँ बानेश्वरमा रहेको फिनिक्स कलेज अफ म्यानेजमेन्टले एमबीए कार्यक्रममा एम्बेसडर नियुक्त गरेको छ।

पारस खड्का यही कलेजअन्तर्गत सञ्चालित एमबीए कार्यक्रममा यसै सेप्टेम्बर सत्रदेखि अध्ययन पनि गरिरहेका छन्।

कलेजका निर्देशक लक्ष्मण पोख्रेलले पारस खड्का कलेजको एमबीए कार्यक्रममा ब्राण्ड एम्बेसडर भएको घोषणा गरी दुई वर्षको लागि अनुबन्ध गरिएको शनिबारको एक कार्यक्रममा जानकारी दिए।

एम्बेसडर घोषणापछि पूर्वकप्तान खड्काले भने, ‘खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ।’

अन्य सम्बन्धित समाचार:  युरोपा लिग:प्रिक्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक