काेराेना विरुद्धकाे रुसी र चिनियाँ खाेप लगातार परीक्षणमा

एजेन्सी। नयाँ कोरोना भाइरसको खोप निर्माण गरिसकेको दावी गरेको रुसले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ। रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन्।

रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ। नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन्। उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ।

गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ। तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो। अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप ९कन्ट्रोल भ्याक्सिन० नदिइएको पनि रिपोर्टमा उल्लेख छ।

यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए। त्यसैले कोरानाभाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका वयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ।

अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारिता र सुरक्षामाथि निकै सचेत देखिएका छन्। तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन्। मस्कोस्थित गामालेया इन्स्टिच्यूटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको दावी गरे।

अन्य सम्बन्धित समाचार:  भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

ल्यान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार, खोपको परीक्षण रुसका दुई वटा अस्पतालमा गरिएको थियो जसमा १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो। परीक्षणका लागि नाम लेखाएका व्यक्तिलाई अलग राखिएको थियो । खोप लगाइएपछि उनीहरुलाई २८ दिनसम्म अस्पतालमै राखिएको थियो।

रुसले विकास गरेको खोपमा प्रयोग गरिएको प्रविधि चीनको क्यान–साइनो बायोलजिक्स र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरिरहेको खोपजस्तै छ। रुसी अनुसन्धाताहरुले खोपमा सहभागी सबै ४० जनामा एन्टिबडी विकास भएको र यसले संक्रमण रोक्न मद्दत गर्ने जनाएका छन्।

यो खोप लगाएकाहरुमा खोप लगाइएको ठाउँमा हुने दुखाई, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोड्नी दुख्ने समस्या देखिएको छ। जोन्स हप्किन्स ब्लूमबर्ग जनस्वास्थ्य विद्यालयका डा नाओर बार–जीभले सानै भए पनि रुसी खोप उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन्।

रुसी सरकारले गत अगष्ट ११ मा ठूलै कार्यक्रमबीच खोपलाई सरकारी मान्यता दिएको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माण भएको बारे राष्ट्रिय टेलिभिजनबाटै घोषणा गरेका थिए। उनले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोगप्रतिरोधी क्षमता विकास गरेको बताएका थिए।

अन्य सम्बन्धित समाचार:  इरान समर्थित मिलिसियाको सिरियास्थित अखडामा हमला गर्न अनुमति

त्यसयता रुसका धेरै उच्च पदाधिकारीले खोप लिएको बताएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिन र रक्षा मन्त्री सर्गेई सोइगु समेतका अरु पदाधिकारीले यस्तो खोप लिएका छन्।

विश्व स्वास्थ्य संगठनले खोप दिइएका व्यक्तिका बारेमा थप विवरण प्राप्त गर्न रुसी अधिकारीहरुसँग परामर्श गरिरहेको जनाएको छ। तर शुक्रबार संगठनका प्रवक्ता डा मार्गरेट ह्यारिसले रुसले सम्पूर्ण विवरण उपलब्ध गराइनसकेको बताएका छन्।