नुहाउने क्रममा बेपत्ता प्रिन्सको रेडक्रसकाे टाेलीले खाेजी गर्दै

कञ्चनपुर। नेपाल रेडक्रस सोसाइटीको खोज तथा उद्धार टोली र प्रगति सामुदायिक विपद व्यवस्थापन टोलीले कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा डुवेका युवकको खोजी कार्य आज पनि जारी राखेका छन्।

बिहीवार साँझ नुहाउने क्रममा महाकाली नगरपालिका ९ का १८ बर्षिय प्रिन्स सुनार डुवेर बेपत्ता भएका थिए। आइतबार पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीको खोज तथा उद्धार टोली र प्रगति सामुदायिक विपद व्यवस्थापन टोलीले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराले जानकारी दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीको विपद व्यवस्थापन समितिद्धारा प्रशिक्षण गराइएका ६ जना स्वयंसेवकले नदीमै गएर खोजी रहेका छन् भने ११ जनाले किनाराबाट खोजी रहेका प्रगति विपद व्यवस्थापन समितिका अध्यक्ष पूर्णा देवी कसराले बताए।

अन्य सम्बन्धित समाचार:  ग्रेडरको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु

आफुहरु स्वयसेवी भएर रेडक्रसको मानवीयताको भावनाले स्वतः स्फूर्त रुपमा खोज तथा उद्धारमा लागेको उनले बताइन्।

उनका अनुसार स्वयंसेवकहरुले सामान्य लाईभ ज्याकेटको प्रयोग गरेर खोज तथा उद्धार गरिहरका छन्। शनिबार र आइतबार खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्।