वि.सं. २०७७ भाद्र २२ गते सोमवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आजः  शुद्ध आश्विनकृष्ण पञ्चमी। पञ्चमीश्राद्ध। निजामती सेवा दिवस। भरुणी नक्षत्र। मेष राशिमा चन्द्रमा।

आज जन्मदिन पर्ने सबै पाठक महानुभावहरुलाई नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  सम्मानित भइने दिन छ। सत्कार तथा उपहार प्राप्त हुनसक्ने छ। शेयर तथा व्यवसायिक कार्यमा लगानीको प्रस्ताव आउने छ। शारीरिक उमङ्ग एवं मानसिक बल बढ्ने छ।

वृषः  दिन त्यति सहज देखिएको छैन। व्यवहार, व्यवसाय, स्वास्थ्य आदिमा अबरोध आउनसक्ने छ। समय विपरित छ भन्ने जानेर धैर्यधारण पूर्वक कार्य संपादन गर्नु बुद्धिमानी हुनेछ।

मिथुनः  आर्थिक उन्नतिकर दिन रहेकोा छ। उद्योगधन्दा फस्टाउने छ। प्रख्याति बढ्ने, समर्थन जुट्ने र विजय प्राप्त हुनेछ। लगनशीलतापूर्वक कर्मक्षेत्रलाई समय दिएर बढी फाइदा उठाउनु बुद्धिमानी हुनेछ।

कर्कटः  राज्यलाभ मिल्ने दिन छ। उच्च निकायबाट काम बनाउन सकिने छ। केहीहद्सम्म व्यवसाय फस्टाउने र आम्दानी बढ्ने छ। किसान तथा अन्य पेशाकर्मीको लागि पनि दिन सन्तोषकर रहने छ।

सिंहः  दिन क्रमिक रुपमा सुधारोन्मुख रहने छ। कानितमा क्षयको बाबजुत स्वास्थ्यलगायतका पक्षमा सुधार आउने छ। मानसिक र शारीरिक सुख र शान्तिको अभिवृद्धि हुनेछ। धर्मकर्म बढ्ने छ।

कन्याः  संघर्षप्रद दिन रहेकोले कामकार्य संपादन गर्दा कठिनाईको महसूस हुनेछ। खर्च बढ्ने छ। शत्रु वृद्धि हुने संभावनालाई पनि नकार्न सकिन्न। ख्यालपूर्वक जनव्यवहार गर्नु बुद्धिमानी हुनेछ।

तुलाः गरेका कार्यहरुमा सफलता मिल्ने छ। दाम्पत्य तथा पारिवारिक सम्बन्धमा मिठास छाउने र अवस्था अनुसारको यात्रा तथा घुमफिर हुने दिन छ। प्रेम पारखीको संबन्ध बलियो बन्ने छ।

वृश्चिकः  अड्केर रहेका कामकार्यलाई पूर्णता दिनसकिने छ। लक्ष्मी प्रसन्न हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट उचित रुपमा आर्थिक लाभ गर्नसकिने छ। विपक्षीका उपर हावी हुन सकिने छ।

धनुः  मपाईत्त्वको मनोविज्ञानले मानसिक दुःख दिनेछ। विद्यार्थीले प्रयत्न गरेरमात्रै ज्ञानलाभ गर्न सकिने छ। अर्काको चियोचर्चोमा भुल्दा आफ्नो इष्टकार्य अधुरो रहनसक्ने छ । बुद्धिले कामलिनु पर्ला।

मकरः अनायाशै विवाद पर्नसक्ने छ। जनव्यवहार गर्दा सावधानी अप्नाउनु उचित हुनेछ। विशेष कार्यको संपादन गर्दा आमा वा आमा समानकी मातृशक्तिको आशीर्वाद लिएर अघि बढ्नु उचित हुनेछ।

कुम्भः  दिन पुरुषार्थ बढाउने खालको रहेको छ। पेशा तथा नोकरी एवं व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। थाति रहेका केही कामकार्यलाई पूर्णता दिन सकिने छ। भातृत्त्व बढ्ने छ।

मीनः  दिन मध्यम रहने छ। कार्यक्षेत्रलाई समय दिनु बुद्धिमानी हुनेछ। केहीहद्सम्म व्यवसायिक तथा पेशागत उन्नति भइ आर्थिक लाभ हुनेछ। सामाजिक कार्यमा भूमिका थपिने छ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।