पाल्पा अस्पताल सिल

रामपुर। पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन्। अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि