ललितपुरका नगरप्रमुख चिरिबाबुलाई धम्की दिने पक्राउ

ललितपुर। ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनलाई आक्रमणको धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दै नगरप्रमुख महर्जनलाई समेत आक्रमणको धम्की दिएका ललितपुर–१३ कुसुन्तीका सञ्जय शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।

धम्की दिएपछि फरार रहेका शाक्यलाई आइतबार नक्खुमा आफन्तकहाँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

अहिलेसम्म रथ तान्ने क्रममा प्रहरीमाथि कुटपिट गर्ने १७ जना पक्राउ परिसकेका छन। दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर