गण्डकी प्रदेशका डिआईजी अर्याललाई कोरोना

पोखरा। गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) घनश्याम अर्याल कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कन्ट्याक ट्रेसिङका आधारमा नमुना परीक्षण गर्दा अर्यालमा कोरोना पुष्टि भएको जानकारी दिए।

डिआईजी अर्यालको पीसीआर रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना जोखिम बढेको छ।

अन्य सम्बन्धित समाचार:  नयाँ कोरोनाले अमेरिकामा महामारी चौथो चरणमा पुग्नसक्ने