नेपालगञ्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज। बाँकेको नेपालगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति मृत्यु भएको हो।

ती पुरुषमा भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी तीन नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए।

भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका थिए। ती पुरुष मुटु र मधुमेह रोगबाट पीडित थिए।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि