अर्जुन कपुरसँगै मलाइका अरोडालाई पनि कोरोना

एजेन्सी। भारतीय अभिनेता अर्जुन कपुरसँगै अभिनेत्री मलाइका अरोडा पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन्।

मलाइकाले आफु कोरोना भाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। मलाइकाले केही दिन अघि पीसीआर परीक्षण गराएकी थिइन्।

पीसीआर परीक्षणको रिपोर्ट पाजेटिभ आएको उनले सार्वजनिक गरेकी हुन्। मलाइका मुम्बईस्थित घरमै आइसोलेसनमा बसेकी छिन्।

उनले आफ्नो ध्यान अब स्वास्थ्य बलियो बनाउनतर्फ केन्द्रीत गरेको बताइन् ।

यसअघि अभिनेता अर्जुन कपुर पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए। उनले आफू कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

कोरोनाको कुनै लक्षण नदेखिए पनि कपुर घरमै क्वारेन्टिनमा बसेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने