विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान कोरोनाबाट मृत्यु भएको हो।

ती वृद्धमा भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई १० दिनसम्म होम आइसोलेसनमै राखिएको थियो। ती वृद्धलाई शनिबार मात्रै उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका डा चुमनलाल दासका अनुसार उनी उच्च रक्तचापबाट पीडित थिए।

योसँगै हालसम्म विराटनगरमा कोरोनाबाट १५ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  भारत: कोरोनाको नयाँ स्ट्रेन १८ राज्यमा