बझाङ। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान टोलीले पाटेबाघको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुङगल नगरपालिका ६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरा रहेका छन्।
बुङगल नगरपालिका ३ विजगडाबाट बागथलातर्फ भारीसहित जाँदै गरेका दुवै जना पक्राउ परेका हुन्।
उनीहरुको साथबाट बाघको छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।