बलले हिर्काएपछि विश्व नम्बर एक नोभाक युएस ओपनमा अयोग्य

एजेन्सी। लाइन जजको घाँटीमा बलले हिर्काए पछि विश्व नम्बर एक नोभाक जोकोविच युएस ओपन टेनिसका लागि अयोग्य घोषित भएका छन्।

चौथो चरणको खेलमा दुर्घटनावस लाइन जजलाई बलले लागेपछि जोकोविच प्रतियोगिताका लागि अयोग्य घोषित भएका हुन्।

स्पेनिस पाब्लो कारेनो बुस्तासँगको खेलको क्रममा ६–५ ले पछि परेका बेल सर्भ गुमाएका जोकोविच बल मार्फत आफ्नो कुण्ठा पोखेका थिए।

उनले गोजीबाट बल निकालेर पछाडितर्फ हिर्काए। यसरी हिर्काएको बल लाइन जजको रुपमा खटिएकी महिलाको घाँटीमा लागेको थियो।

जोकोविचले लगत्तै ती महिलासँग माफी मागेका थिए। तर यसबारे लामो छलफल भयो। अन्तिममा जोकोविचलाई हाल जारी युएस ओपन टेनिस प्रयोगिताका लागि अयोग्य घोषित गरियो।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

३३ वर्षीय सर्बियन खेलाडी जोकोविचले बल जोखिमपूर्ण तथा सावधानी नअपनाई हिर्काएका कारण ग्राण्ड सलामको नियम अनुसार उनलाई अयोग्य घोषित गरिएको अमेरिकाको टेनिस एसोसिएशनले जनाएको छ।

उनी प्रयोगिताका लागि अयोग्य घोषित भएकाले युएस ओपन टेनिसबाट बरियताका लागि प्राप्त गरेको अंक पनि उनको खारेज गरिएको छ। जोकोविचले यस वर्ष कुनै पनि खेलमा पराजित भएका थिएनन्।