ताप्लेजुङमा पहिरो खस्दा दुईको मृत्यु

ताप्लेजुङ। अत्यधिक वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

आइतबार राति पहिरो खस्दा सिरिजंघा गाउँपालिका–४ तेल्लोकस्थित विद्युत गहृमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुराज थेबेको ज्यान गएको हो।

सोमबार बिहान प्रहरी टोली घटनास्थलमा गएको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा दुवै जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान