ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना

ललितपुर। ललितपुरको पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको विवादपछि त्यहाँ खटिएका ट्राफिक प्रहरीलाई कुट्ने ६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये २ जनामा कोरोना भाइरस पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ।

अलग्गै क्वारेन्टाइनमा राखिएका उनीहरुमध्ये ६ जनालाई काेराेना पुष्टि भएकाे र आईसोलेसनको उचित व्यवस्था नभएकोले जतिबैलै सम्पर्क हुनेगरी परिवारको जिम्मा लगाउने तयारी गरेको ललितपुर प्रहरी प्रवक्ता सन्तोष लामाले जानकारी दिए।

बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि निर्घात कुटपिट भएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

त्यही दिन झडप नियन्त्रणका लागि खटिएका १८ प्रहरी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।