कतारबाट आज १ सय ४१ जना नेपाली स्वदेश फर्किए

काठमाडाैं। आज कतारबाट एक सय ४१ जना नेपाली स्वदेश फर्किएका छन्। कतारको दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत नेपाल फर्किएका हुन्। कोभिड १९ का कारण असहज परिस्थितिमा परेका र तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ।

त्यहाँ समस्यामा परेका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका थिए। तिनैमध्येबाट प्राथमिकताको आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मलेसियामा रहेका नेपाली कामदारलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराइने