गण्डकी प्रदेशमा ७६ कोरोना सङ्क्रमित थपिए

कास्की। गण्डकी प्रदेशमा आज ७६ जना कोरोना सङ्क्रमित थपिएका छन्। यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर्माले जानकारी दिए।

थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ , नवलपरासीपूर्वका १५ , गोरखाका १८ र तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ पुरुष छन्। त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुईदुई स्टाफ नर्स र सहयोगी छन्। सङ्क्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि