देशभर ९ सय ७९ काेराेना संक्रमित थपिए: १ हजार ७ सय ३६ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ।

यसैगरी गएको २४ घण्टामा १ हजार ७ सय ३६ सङ्क्रमित कोरोना जितेर घर फर्किएसँगै कोरोना निको हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ पुगेको छ। अब नेपालमा १६ हजार २ सय ५९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय पुगेको छ।

अन्य सम्बन्धित समाचार:  ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’