विराटनगरमा एक वृद्ध सङ्क्रमितको मृत्यु

माेरङ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएका ती वृद्ध यही भदौ ११ गते सङ्क्रमित भएका र ९ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए। वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका अस्पताल स्राेतले जनाएकाे छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि