लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ: डा. रवीन्द्र पाण्डे

काठमाडाैं। विगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं। लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो। त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट विस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो। साथै लकडाउन वा निषेधाज्ञाको अवधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा व्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नुपर्थ्यो। मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सीमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो।

सरकारले गर्नुपर्ने काम :

– अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र (स्कुल, कलेज, फिल्म हल आदि) बाहेक अन्य गतिविधि सुचारु गर्ने।
– मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने।
– जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान सञ्चालन गर्ने।
– स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने।
– सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड ब्यबस्थापन गर्ने।
– सिमानाकालाई कडाइ गर्ने।
– संक्रमित क्षेत्रलाई मात्र सिल गर्ने।
– संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात सञ्चालन गर्ने।
– सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने वातावरण निर्माण गर्ने।
– ठूला बस मापदण्ड पूरा गरेर सञ्चालन गर्ने। माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरी सुचारु गर्ने।
– चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने।
– अस्पतालका क्षमता बढाउने। जनताको पहुँच बढाउने।
– सुशाशान, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने।
– जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो।
– जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिकले गर्नुपर्ने काम :

– ६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने। सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने।
– सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने। घरबाहिर जाँदा अनिबार्य रुपमा सही तरिकाले मास्क लगाउने। सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने। साबुनपानीले हात धोइरहने। साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने। भिडभाड नगर्ने।
– घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने।
– आफु, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने।
– हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने। आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने।
– पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्री गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने।
– समाजमा एकले अर्कोलाई सहयोग गर्ने।
– जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने।
– धेरै डर नमान्ने, निरास नहुने। सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु

डा. रबिन्द्र पाण्डेकाे फेसबुकबाट साभार