राष्ट्र बैंक भन्छ- भाेलि मंगलबारदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्नू

काठमाडौं। भाेलि मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएकाे छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ। राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ। ‘सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो’, बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने।

अन्य सम्बन्धित समाचार:  आइतवारदेखि धितोपत्र कारोबारमा १७ परिसूचक

उनका अनुसार अहिले बैंकले एकदमै कम सीमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेकामा शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्नेछ।