वि.सं. २०७७ भाद्र २३ गते मङ्गलवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आजः  
आश्विनकृष्ण षष्ठी तिथि २०ः१७ बजेसम्म उपरान्त सप्तमी। भरुणी नक्षत्र बिहान ०६ः३२ बजेसम्म, उपरानत कृतिका। दिउसो १३ः०७ बजेसम्म मेष राशिमा चन्द्रमा उपरान्त वृष राशिमा। आज २०ः१७ बजे पछि भद्रा रहने छ। षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस।

आज जन्मदिन पर्ने सबै पाठक महानुभावहरुलाई नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्ती बढ्ने छ। शान्ति र सन्तोष मिल्ने छ। दिनको उत्तरार्ध पछि अपेक्षा गरे अनुसार नभए पनि आंशिक कार्य सफलता एवं उपलब्धि हुनजाने छ।

वृषः  बिहानी सयम अल्लि धैर्यधारण गर्नु पर्ने र जनव्यवहार पनि संयम अप्नाउनु पर्ने खालको रहेको छ। मध्याह्नबाट मन प्रसन्न हुने वातावरण सृजना हुनेछ। कामकार्यमा सहज अनुभूति हुनेछ।

मिथुनः  बिहानीसत्रमा साह्रो गाह्रो कामलाई सम्पन्न गर्न सकिने छ। विद्यार्थीको पढाईमा प्रगति हुनेछ। मध्याह्नबाट भने केही सावधानी अप्नाउनु पर्ने समय छ। प्रतिकूलता सृजना हुने सम्भावना छ।

कर्कटः  प्रशंसा बढ्ने छ। सामाजिक प्रभुत्व विकास हुने, समर्थक बढ्ने र न्यायिक विजय मिल्ने छ। कर्मयोगलाई महत्त्व दिएर बढी फाइदा उठाउनु बुद्धिमानी हुनेछ। आर्थिक लाभ हुनेछ।

सिंहः  आध्यात्मिक चेतना अभिवृद्धि हुनेछ। मानसिक र शारीरिक सुख मिल्ने छ। मानसान र ईज्जत पदप्रतिष्ठा बढ्ने छ। ठूलाबडा व्यक्तिहरुसँग सम्बन्ध जोडिने र व्यवसायिक लाभ मिल्ने छ।

कन्याः  बिहानी सत्र त्यति अनुकूल छैन। संपत्तिको खतिक्षति, शत्रु वृद्धिको संभावनालाई पनि नकार्न सकिन्न। मध्याह्नपछि स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने छ। व्यवसायिक प्रगति भई लाभ मिल्ने छ।

तुलाः  दिनको पूर्वखण्ड सामान्यतया अनुकूल रहने छ। मनोरञ्जन, व्यापार वृद्धि एवं घुमफिर हुनेछ। पछिल्लो खण्डमा अल्लि स्वास्थ्यले साथ नदिनसक्ने छ। खानपान एवं यात्रादिमा ख्याल पुर्याउनु पर्ला।

वृश्चिकः  व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट उचित रुपमा आर्थिक लाभ गर्नसकिने छ। केही आक्रोश तथा शंकाआशंकाको बाबजुत दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ। विलास बढ्ने छ।

धनुः दिन सामान्य देखिएको छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने व्यवसायिक लाभ मिल्ने छ। केही अबरोधको बाबाजुत केही हद्सम्म शारीरिक शक्ति बढेर आउने छ। पुरुषार्थ गर्नसकिने छ।

मकरः  बिहानीसत्र खासै अनुकूल नभए पनि दिउसोबाट सुधार आउने छ। मनोवैज्ञानिक आसक्ति पूरा हुन गाह्रो परेपनि अन्य पक्षमा प्रगति हुनेछ। विद्यार्थीले अध्ययनमा र अन्यले स्वकर्ममा बढी मेहनत गर्नुपर्ला।

कुम्भः  बिहान सुधार आएको सम्बन्ध दिउसो बिग्रनसक्ने छ। बिहानको फुर्ति दिउसो सेलाउने र कामकार्यमा हलो अड्किने सम्भावना छ। अपयश मिल्ने र विरोधी सक्रिय हुने तथा षड्यन्त्र गर्नसक्ने छन्।

मीनः  कुटुम्बिक सम्बन्धमा ध्यान दिन जरुरी देखिन्छ। दिनको पछिल्लो खण्डमा शारीरिक क्षमताको विकास हुनेछ। स्वास्थ्यले पनि साथ दिनेछ। जोशजाँगर बढ्ने छ। इष्ट कार्यलाई अडाडि बढाउन सकिने छ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।