सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा

एजेन्सी। अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

सोमबार राति भएको क्वाटरफाइनलको खेलमा ६ पटककी विजेता ३८ वर्षीया विलियम्सले १५औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीलाई पराजित गरेकी हुन्।

विलियम्सले मारियालाई ६–३, ६–७, ६–८ र ६–३ को संघर्षपूर्ण सेटमा हराएकी हुन्। तेस्रो बरियताकी विलियम्सले सेमिफाइनल प्रवेशका लागि अब बुल्गेरियाकी स्भेताना पिरोन्कोभासित प्रतिस्पर्धा गर्नुपर्नेछ।

सन् २०१७ को विम्बल्डन टेनिसपछि प्रतिस्पर्धामा सहभागी भएकी स्पेतानाले फ्रान्सकी एलिज कोर्नेटलाई ६–४, ६–७, ५–७ र ६–३ सेटमा पराजित गरेकी हुन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न जाँदै