कैलालीको गोरुंगे ब्यारेकमा ६३ सैनिकलाई कोरोना

धनगढी। कैलालीको लम्कीस्थित गोरुंगे ब्यारेकमा कार्यरत ६३ सैनिक कोरोना भाइरसबाट संक्रमित भएका छन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो।

केही दिनअघि त्यहाँ कार्यरत चार सैनिकमा कोरोना देखिएको थियो। त्यसपछि २४५ सैनिकको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको हो।

गोरुंगे ब्यारेक सुदूरपश्चिमको सैनिक तालिम केन्द्र हो।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि