नक्कली प्रेस कार्ड बनाउने तीन पक्राउ

काठमाडौँ। काठमाडौँमा नक्कली प्रेस कार्ड बनाउने तीन जनालाई प्रहीले पक्राउ गरेको छ।

पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले बागबजारबाट उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बागबजारको कालिका प्रिन्टिङ प्रेसका ३ जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको महाशाखाले जनाएको छ।

काठमाडौँमा अनलाइन सञ्चारमाध्यमको प्रेस कार्ड नक्कली बनाउने गरेको पाइएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग बढेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो।

प्रहरीले नक्कली प्रेस कार्ड बनाउने ठाउँ पत्ता लगाइरहेको छ।

अन्य सम्बन्धित समाचार:  पृतनापति सम्मेलन आजबाट