एमबाप्पे कोरोनाबाट संक्रमित

एजेन्सी। युवा फुटबल खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन्।

फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको छ।

उनी संक्रमित भएपछि युरोपियन नेशन्स लिगअन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेलबारे अन्योल भएको छ।

गत साता मात्र पिएसजीका अन्य ६ खेलाडी पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए।

एमबाप्पे संक्रमित भएपछि लिग वानको सिजनबारे पनि अन्योल भएको छ। २१ वर्षीय एमबाप्पेले नेशन्स लिगमा शनिबार एक गोल गर्दै फ्रान्सलाई जिताएका थिए।

संक्रमित भएपछि उनलाई घर बठाइएको छ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा २ जना प्रदर्शनकारीको मृत्यू