महाकालीमा डुबेका युवकको ५ दिनपछि शव फेला

डडेल्धुरा। कञ्चनपुरको महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ। महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो।

बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए। सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्टर्सको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो।

सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए।

अन्य सम्बन्धित समाचार:  छतबाट लडेर एक जना विद्यार्थीको मृत्यु