वीरगञ्जमा बाराका संक्रमितको मृत्यु

वीरगञ्ज। कोरोना भाइरसको संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु भएको छ।

बाराको महागढीमाई नगरपालिका १० का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार उनको भदौ १४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। सोही दिन ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पताल गरिएको थियो। ती पुरुष मधुमेह रोगबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु