सुशान्तसिंहकी दिदीविरुद्ध रियाले दिइन उजुरी

एजेन्सी। भारतीय अभिनेता सुशान्तसिंह राजपूतको मृत्युबारे अनुसन्धान चलिरहँदा नयाँ मोड आएको छ।

सुशान्तसिंहकी प्रेमिका रिया चक्रवर्तीले उनकी दिदी प्रियंका सिंह विरुद्ध मुम्बई प्रहरीमा सोमबार राति उजुरी दिएकी छिन्।

रियाले प्रियंकासँगै दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डा तरुण कुमार र अन्य केही व्यक्ति विरुद्ध मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएकी हुन्।

रियाले सुशान्तकी दिदी प्रियंका र डा तरुण माथि नक्कली प्रिस्क्रिप्शन र टेली मेडिसिन प्राक्टिस गाइडलाइन उल्लंघनको आरोप लगाउँदै उनीहरु विरुद्ध उजुरी दिएको बुझिएको छ।

रियाबारे पनि सिबिआईले अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न जाँदै