भारत र चीनबीच सीमामा फेरी दोहोरो फायरिङ

एजेन्सी। भारत र चीनका सेनाबीच सीमामा फेरी दोहरो फायरिङ भएको छ।

चीनले सोमबार भारतीय सेनाले सीमामा खटिएका आफ्ना सैनिकलाई लक्षित गरी वार्निङ फायर गरेको आरोप लगाएको छ।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रणा रेखा (एलएसी)मा खटिएका भारतीय सेनाले सीमा रेखा पार गदैृ चिनियाँ सेनामाथि वार्निङ फायर खोलेको चीनको आरोप छ।

यसबारे अहिलेसम्म भारतले कुनै प्रतिक्रिया दिएको छैन। अवस्थालाई नियन्त्रणमा लिन चिनियाँ सेनाले पाि जवाफी फायरिङ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

घटनापछि पूर्वी लद्दाख क्षेत्रमा तनाव भएको छ। भारत र चीनका विदेशमन्त्री आपसमा छलफल गर्ने क्रममा रहेको बेला यो विवाद आएको छ।

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच केही दिन अघि रुसको मस्कोमा भेटवार्ता भएको थियो।

अन्य सम्बन्धित समाचार:  हवाई कारबाहीमा २३ लडाकू मारिए

दुवै विदेश मन्त्री बीच छलफलको तयारी भइरहेको बेला यो नयाँ विवाद खडा भएको छ।