काठमाडौँमा कास्कीकी संक्रमित महिलाको मृत्यु

काठमाडौँ। काठमाडौँमा कास्कीकी एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

कोरोनाबाट कास्कीको अन्नपुर्ण १ की ६३ वर्षिया महिलाको मंगलबार बिहान छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ज्यान गएको हो।

ती महिला ब्रेन टयुमर तथा मृगौलाको रोगबाट पीडित थिइन्। ती महिलामा भदौ १९ गते कोरोना पुष्टी भएको थियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि