कोरोनाबाट कपिलवस्तुमा पत्रकारको ज्यान गयो

कपिलवस्तु। कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणबाट एक पत्रकारको ज्यान गएको छ।

कपिलवस्तु नगरपालिका १ तौलिहवाका ६२ वर्षीय बनारसी बर्माको सोमबार कोरोनाबाट मृत्यु भएको हो।

नेपाली सेनाको टोलीले सोमबार राति नै बर्माको दाहसंस्कार गरेको उनका छोरा अजयले बताए। पत्रकार बर्मा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। बर्मालाई सोमबार बिहानै श्वासप्रश्वासमा समस्या भएको थियो।

त्यसपछि उनलाई अस्पताल पु¥याइएको थियो। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

पत्रकार बर्मा केही समयदेखि भैरहवा युनिभर्सल मेडिकल कलेजमा डायलासिस गराउँदै आएका थिए। उनका छोरालाई पनि १४ दिन अघि कोरोना संक्रमण भएको थियो। उनी आइसोलेसनमा बस्दै आएका थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

बर्माले नेपाल टेलिभिजनका लागि कपिलवस्तुबाट लामो समयसम्म समाचार संकलन गरेका थिए। उनी पत्रकार महासंघ शाखा कपिलवस्तुको उपाध्यक्ष समेत रहिसकेका थिए।