दार्चुलामा कालाजारका ३ बिरामी फेला

डडेल्धुरा। दार्चुलामा कालाजारका ३ जना बिरामी फेला परेका छन। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि गएका दुहुँ गाउँपालिकाका १ जनामा कालाजार भेटिएको हो। दुहुँ गाउँपालिकाकी २२ बर्षिया महिलामा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

यसै वर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ। बैशाख महिनामा १ र असारमा १ जना पुरुषमा कालाजार देखिएको सूचना अधिकारी भट्टले बताए। तराइमा देखिने मलेरिया, औलो, कालाजार जस्ता रोगको संक्रमण पछिल्लो समय हिमाली जिल्ला दार्चुलामा समेत देखापर्न थालेको छ।

अन्य सम्बन्धित समाचार:  तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आज नेपाल आउँदै