दार्चुलामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

करणी पक्राउ

 डडेल्धुरा। दार्चुलामा छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिकाका ३६ वर्षीय पुरुषले आइतबार राती आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले पीडितका आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित