उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने/नलम्ब्याउनेबारे बुधबार निर्णय हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने/नलम्ब्याउनेबारे बुधबार निर्णय हुने भएको छ। पछिल्लोपटक लागू भएको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ। निषेधाज्ञा कसरी अघि बढाउने, स्परुप परिर्वतन गर्ने वा यही रुपमा अघि बढाउने भन्नेबारे अनौपचारिक छलफल भइरहेको बताइएको छ।

यसैगरी काठमाडौ उपत्यकामा जारी निषेधाज्ञाका विषयमा समीक्षा गर्न उपत्यका मेयरहरुको फोरमको बैठक मंगलबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा बोलाइएको छ। सकारात्मक र नकरात्मक दुवै पक्षका विषयमा छलफल गरी निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गरिने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटालगायत सांसदहरुले आजबाट कोरोना विरुद्दको खोप लगाउने