बिवादित पूर्व पश्चिम रेलमार्गका ५४ ठेक्का रद्द

काठमाडौँ। पछिल्लो समय निकै बिवादित देखिएको पूर्व पश्चिम रेलमार्ग बनाउने ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छन्। इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रेल विभागले रद्द गर्ने निर्णय गरेको हो।

चौतर्फी दबाबपछि सरकार रद्ध गर्ने निर्णय लिन बाध्य भएको हो। ठेक्का रद्द गरिएको बारे रेल विभागले मंगलबार एक सार्वजनिक सूचनासमेत जारी गरेको छ।

यसैबीच पूर्व पश्चिम रेलमार्गको डिपिआरको प्राविधिक पुनरावलोकन जरूरी रहेको केही प्राविधिक मापदण्ड र डिजाइनमा अष्पस्टता भएको भन्दै लामो समयदेखी सच्याउनु पर्ने विषयमा बहस गर्दै आएका पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले पनि आयोजना रद्ध भएपछि खुसी ब्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सांसदहरुलाई बुधबारदेखि काेभिड १९ विरुद्धको खाेप दिइने

उनले निरन्तर रुपमा ठेक्का रद्ध गर्न माग गर्दै आएका थिए।

अब समय लिएर रेल प्रणाली विकासबारेको समग्र योजना, आयोजनाको प्राथमिकीकरण, मापदण्ड र डिजाइनको गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा छ।