काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ३ सय जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना छन्।
हालसम्म ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन्।