काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनको सचिवालयका अनुसार मंगलबार स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो।
उनमा लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले बताएका छन्।