वि.सं. २०७७ भाद्र २४ गते बुधवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आजः  शुद्ध आश्विनकृष्ण सप्तमी २१ः४५ बजेसम्म उपरान्त अष्टमी। कृतिका नक्षत्र ०७ः३० बजेसम्म उपरान्त रोहिणी। वृष राशिमा चन्द्रमा। सप्तमीश्राद्ध। महालक्ष्मीव्रत समाप्ति। भद्रा ०९ः०४ बजेसम्म।

आज जन्मदिन पर्ने सबै पाठक महानुभावहरुलाई नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  सञ्चित धनको खर्च गराउने गोचर ग्रहको योग देखिएको छ। आफ्नै मान्छेको द्वेत व्यवहारले पीडा दिनेछ। परकार्यमा समय दिनपर्दा आफ्नो काम भने बाँकी रहने छ। आंशिक लाभ हुनेछ।

वृषः  राजसी मनोविज्ञान हावी हुनेछ। बलपूर्वक राजनीति एवं सामाजिक वचस्व बढ्ने छ। व्यवसायिक उन्नति प्रगति भइ आर्थिक लाभ हुनेछ। सुख सुविधा तथा विलासिता बढ्ने दिन छ।

मिथुनः  स्वास्थ्य एवं प्रतिष्ठामा प्रतिकूलता देखिएको छ। खानपान आदिमा होसियारी गर्नुपर्ला। पारिवारिक असमझदारी र खर्चको मात्रा बढ्नसक्ने छ। कामकार्यमा संर्घषको अनुभूति हुनेछ।

कर्कटः  दिन अनुकूल देखिएको छ। मानसान, आयआम्दानी, प्रशंसा र समर्थक बढ्ने समय परेको छ। सामाजिक प्रभुत्व वृद्धि हुनेछ। न्यायिक विजय तथा विशेष काममा सफलता मिल्नेछ।

सिंहः  विशेष महत्त्वपूर्ण कामलाई अगाडि बढाउन वा कार्ययोजना बनाउनसकिने छ। राजनीति, सामाजसेवा जस्ता प्रतिनिधित्त्वदायी क्षेत्रमा भूमिका थपिने तथा सफलता मिल्ने छ। पेशागत लाभ हुनेछ।

कन्याः  पेशागत उन्नति भई लाभ मिल्ने छ। धार्मिक आध्यात्मिक कार्यमा चेष्टा बढ्ने छ। केही अनपेक्षित लाभ एवं उपलब्धि र परिणाम पनि हात लाग्ने छ। जनसंपर्क बढ्ने तथा साथसहयोग मिल्ने छ।

तुलाः  औषधोपचार खर्च बढ्ने देखिएको छ। अगाडि बढीरहेको इष्ट कामकार्यमा रोकावट आउने र अपयश मिल्ने भय छ। रपनि आकस्मिक र अप्रत्यासित उपलब्धि तथा लाभ हुने कुरालाई नकार्न सकिन्न।

वृश्चिकः  व्यापार व्यवसायमा प्रगति एवं आर्थिक लाभ हुनेछ। समय परिस्थिति अनुसारको यात्रा तथा घुमफिर हुनसक्ने छ। बैठक आदिमा संलग्नता जनाउन पाइने छ। प्रेम सुख मिल्ने दिन रहेको छ।

धनुः  समान्यतया व्यापार बढ्ने तथा वाणिज्य वृद्धि भइ आर्थिक लाभ हातपर्ने छ। शारीरिक शक्ति एवं मानसिक बल पनि बढेर आउने छ। स्वकर्मलाई बढी जोड दिनु उचित हुनेछ।

मकरः  पेशा तथा कामकार्य एवं नोकरी र उद्यम व्यवसायबाट केही हद्सम्म लाभ एवं उपलब्धि प्राप्त गर्नसकिने छ। केही अन्तद्र्वन्दको बाबजुत वैचारिक प्रगति हुनेछ। सैद्धान्तिक अडान बढ्ने छ।

कुम्भः  स्वास्थ्यमा मन्दि, कामकार्यमा अलमल, विरोधीको सामना गर्नपर्ने दिन रहेको छ। दीर्घरोगीलाई समस्या बल्झिने खतरा देखिन्छ। औषधि सेवन आदिमा ध्यान दिनु पर्ला। बढी परिश्रम अल्पलाभ हुनेछ।

मीनः  शारीरक फुर्ति तथा स्वास्थ्यमा आरोग्यता बढ्ने छ। जोशजाँगर बढ्नाले रोकिएका कामलाई पूर्णता दिन सकिने छ। प्रतिस्पर्धाजन्य काममा अग्रता मिल्ने छ। पेशागत उन्नति हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।