एजेन्सी। भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ।
उनलाई मंगलबार एनसिपीको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
रियालाई अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो।
रियाले सुशान्तलाई लागुऔषध प्रयोग गर्न दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। चक्रवर्तीको बुधबार मेडिकल जाँच गरिने बताइएको छ।