दार्चुलामा बन्दुकसहित सिकारी पक्राउ

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका ४ मा प्रहरीले भरुवा बन्दुकसहित एक सिकारीलाई पक्राउ गरेको छ।

फक्राउ पर्नेमा स्थानीय विक्रमसिंह धामी रहेका छन्। उनलाई मंगलबार सिप्टी प्रहरी चौकीले पक्राउ गरेको हो।

धामी अपि नाम्पा संरक्षण क्षेत्रमा सिकार खेलेर फर्किने क्रममा पक्राउ परेका हुन्। प्रहरीले धामीको साथबाट एकनाल बन्दुक समेत बरामद गरेको छ।

प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले पक्राउ परेका धामीलाई सदरमुकाम खलंगा ल्याइएको बताए। उनीविरुद्ध प्रहरीले हातहतियार खरखजनाको मुद्धा चलाउने छ।

अन्य सम्बन्धित समाचार:  फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफरिस