काठमाडौंमा थप एक संक्रमितको मृत्यु

काठमाडौं। काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

६७ वर्षीय पुरुषको ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

ती संक्रमित मंगलबार नै अल्का अस्पताल भर्ना भएका थिए।

उनलाइए अत्यधिक ज्वरो आउनुका साथै सास फेर्नसमेत गाह्रो भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि