अक्सफोर्डले रोक्यो कोरोना खोप परीक्षण

एजेन्सी। कोरोना भाइरसविरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ।

परीक्षण खोप लगाएका एक व्यक्ति बिरामी परेपछि खोप निर्माता अक्सफोर्ड विश्वविद्यालयले जारी परीक्षण रोकेको छ।

अक्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप एस्ट्राजेनेका कम्पनीले अत्यधिक मात्रामा खोप उत्पादन गरिरहेको थियो। अहिले उक्त खोपको तेस्रो चरणको परीक्षण विश्वका विभिन्न ठाउँमा भइरहेको छ।

तर एक्कासी परीक्षण खोप लिएका एक जना बिरामी परेपछि तत्काललाई परीक्षण स्थगन गरेको एस्ट्राजेनेकाले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको उक्त खोप सबैभन्दा पहिला बजारमा आउने आशा गरिएको थियो।

अब अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ। अनी खोपको परीक्षण थाल्ने वा नथाल्नेबारे निर्णय गरिने छ। अक्सफोर्डले कोरोना खोपको परीक्षण स्थगन गरेको यो दोस्रो पटक हो।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए

परीक्षण खोप लिँदा बिरामी परेका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ।