रिया चक्रवर्ती १४ दिन प्रहरी हिरासतमा रहने

एजेन्सी। भारतीय अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्ती अब १४ दिनसम्म प्रहरी हिरासतमा रहने भएकी छिन्।

रियालाई १४ दिनसम्म न्यायिक हिरासतमा राख्न भारतको दालतले अनुमति दिएको छ। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मंगलबार रियालाई पक्राउ गरेको थियो। त्यसपछि उनलाई अदालतमा पेश गरेको थियो।

एनसीबीले रियालाई अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अदालतसित माग गरेको थियो। रियाका वकिलले भने उनको जमानतको माग गरेका थिए।

अदालतले जमानतको माग खारेज गर्दै १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि रियाका भाइ शौविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो।

हालसम्म यो प्रकरणमा १० जना पक्राउ परेका छन्।

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु