चलचित्रकर्मी छेतेन गुरुङको निधन

काठमाडौं। चलचित्रकर्मी छेतेन गुरुङको निधन भएको छ।

चलचित्र प्रेम गीत ३ का निर्देशक गुरुङको मंगलबार राति महाराजगञ्जस्थित मेट्रो अस्पतालमा निधन भएको हो।

फोक्सोमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा निधन भएको प्रेम गीत ३ का निर्माता सन्तोष सेनले जानकारी दिए।

छेतेन नयाँ चलचित्रका लागि काम गरिरहेका थिए। उनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३ लगायत चलचित्रको कथा लेखेका थिए।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे