इलाम: आमालाई करणी गरेकाे आराेपमा २३ वर्षीय युवक पक्राउ

टिका खतिवडा, इलाम। इलाममा आफ्नै वृद्ध आमालाई करणी गरेकाे आराेपमा फरार रहेका एक युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ। ६३ वर्षीय आमालाई करणी गरेको किटानी जाहेरी परेपछि इलाम नगरपालिका ५ बाट २३ वर्षीय युवकलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गएकाे भदौ ७ गते राति आफ्नै वृद्ध आमालाई करणी गरी फरार भएकाे आराेपमा ती युवकलाई प्रहरी निरीक्षक नविनराज राईको टोलीले पक्राउ गरेको हो। उनी विरुद्ध किटानी जाहेरी दरखास्त परेपछि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियाे।

पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। छोराको नाम र ठेगाना खुलाउँदा आमाको बारेसमेत जानकारी हुने भएकाले अभियुक्तको समेत नाम गोप्य राखिएको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  कैद तोकिएर फरार व्यक्ति पक्राउ