काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिएका १ हजार ८१ मध्ये आधाभन्दा बढी अर्थात् ५ सय ६४ जना काठमाडाैं उपत्यकाका रहेका छन्।
देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना र देशभर ५ हजार ४८० क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएकाे छ। हालसम्म ३१२ जनाको मृत्यु भएको छ भने २४ घण्टामा ९ सय १८ सहित देशभर ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन्।