एजेन्सी। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प २०२१ काे नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित भएका छन्। इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्तिका लागि मध्यस्थकर्ताकाे भूमिका निर्वाह गरेका कारण उनलाई नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित गरिएकाे अन्तर्राष्ट्रिय समाचार संस्था फक्स न्यूजले जनाएकाे छ। फक्स न्यूजका अनुसार नर्वेका राजनीतिज्ञ क्रिश्चियन टाइब्रिङ जेद्देले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उक्त पुरस्कारका लागि प्रस्ताव गरेका हुन्।
‘अन्य मनाेनितहरुकाे दाँजाेमा उहाँले देश-देशका बीच शान्ति कायमा गर्न मध्यस्थता गर्नुभएकाले उहाँकाे याेगदानका आधारमा मनाेनित गरिएकाे हाे’, नर्वेका चाैथाे पटक सांसद रहेका जेद्देले भने।
गएकाे मंगलबार व्हाइट हाउसका एक उच्च अधिकारीले राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १५ मा इजरायल र संयुक्त अरब इमिरेट्सबीच शानित सम्झाैतामा हस्ताक्षर गर्ने घाेषणा गरेका थिए।