भाेलिबाट निषेधाज्ञा खुकुलो हुने, सवारी साधनमा जाेर बिजाेर प्रणाली लाग्ने

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लब्म्याउने तर केही खुकुलाे बनाउने निर्णय गरेकाे हाे।

बैठकले भोलि बिहीबारदेखि उपत्यकामा जोर बिजोर प्रणालीमा १६ सीटभन्दा माथिका सार्वजनिक तथा सबै खालका निजी सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ।

त्यस्तै, पसल व्यवसाय पनि बिहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए।

उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको उनको भनाइ छ। अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  भारत: कोरोनाको नयाँ स्ट्रेन १८ राज्यमा

पछिल्लाे पटक लम्ब्याइएकाे निषेधाज्ञा आज राति १२ बजे समाप्त हुँदै गर्दा एक केही सहजता सहित एक हप्ता लम्ब्याइएकाे हाे।