एजेन्सी। अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
६ पटककी विजेता ३८ वर्षीया सेरेनाले ३२ वर्षीया बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई हराएर सेमिफाइनल पुगेकी हुन्।
२४औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ अंकले पराजित भएकी थिइन्। तर नि त्यसपछिका दुई सेटमा भने उनी ६–३ र ६–२ अंकले विजयी भइन्।
अब सेमिफाइनलमा सेरेनाले पूर्व विश्व नम्बर एक खेलाडी भिक्टोरियाकी अजारेन्का वा एलिज मर्टेन्ससित प्रतिस्पर्धा गर्ने छिन्।