अमेरिकाले इराकबाट सैनिक फिर्ता गर्ने

एजेन्सी। अमेरिकाले इराकमा बाँकी रहेका आफ्ना सैनिक मध्ये एक तिहाई केही साता भित्र फिर्ता बोलाउने भएको छ।

अमेरिकाले झण्डै २ हजार २०० सैनिक सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता गर्ने योजना बनाएको छ। अमेरिकी सेनाका जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या अब तीन हजारमा झारिने छ।

हाल इराकमा ५ हजार २०० अमेरिकी सैनिक छन्।

इराकमा रहेने सैनिकले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनैतिक सहयोग गर्ने छन्।

अन्य सम्बन्धित समाचार:  डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ